सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा सुर्य उदायो

काठमाडौं । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) ३४ हजार ४ सय १२ मतका साथ विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकिकृत समाजवादी) लगायतका पार्टीहरुको लोकतान्त्रिक-बाम गठबनधनको साझा उम्मेदवार सुर्यमान दोङलाई नेकपा (एमाले) उम्मेदवार रेशम लामाले कडा प्रतिस्पर्धा गरेको थियो । बाम लोकतान्त्रिक गठबन्धनमा चुनाव सजिलोसँग जितिन्छ भन्ने आकलनलाई गलत सावित गरिदिएका छन् ।

शनिबार विहान सम्पन्न मतगणना नतिजा अनुसार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज समेत रहेका दोङका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामाले भने ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन्। दोङले लामालाई ३९६४ मतान्तरले पछाडी पारेका थिए ।

यसअघि २०६४ को संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नं १ बाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बनेका थिए ।

दोङ २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने साविकको निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार तिर्थ लामासँग पराजित भएका थिए ।

यसैगरी काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा विजयी भएका छन् । बाँस्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई  ५ हजार ९ सय १७ मतान्तरले पछि पार्दै विजय भएका हुन् ।

बाँस्कोटाको पक्षमा ४५ हजार ३४५ मत आउँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका हुमागाईंको पक्षमा ३९ हजार ४२८ मत परेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले १०हजार ५ सय ८६ मत प्राप्त गरेका छन् । यो जीत बास्कोटाको संसदको यात्रा दोस्रो इनिङ हो ।

सोही क्षेत्रबाट ०७४ मा बाँस्कोटाले देशभरकै तेस्रो ठूलो भारी मतान्तरले कांग्रेसका नेता मधु आचार्यलाई पराजित गरि विजयी भएका थिए ।

एमाले सरकार हुँदा सरकारको प्रवक्ता र सूचना तथा संचार मन्त्री समेत भएका उनी सेक्युरिटी प्रीन्टिङ प्रसेको अडियो प्रकरणमा मुछिएपछि मन्त्रीबाट राजीमा दिनु परेको थियो ।

कुल मतदाता संख्या १ लाख ५७ हजार ४४२ जना रहेको यो क्षेत्रबाट मंसिर ४ गते सम्पन्न निर्वाचनमा १ लाख ३ हजार ३९१ मत खसेको थियोे । उता गठबन्धन हुँदा पनि हुमागाईँ पराजित भएपछि पार्टी भित्र अन्तरघातिको खोजी हुन थालेको बताइन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »