सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गण्डकी प्रदेशमा पनि काेराेना संक्रमितको संख्या बढ्दै, काठमाडौँमा ४ जना

काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् भने काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा एक जना छन् ।

यस्तै बाग्लुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जना छन् ।

गोरखाको गण्डकी नगरपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पूर्वी नवलपरासीका चार जना संक्रमित हुप्सेकोट गाउँपालिकाका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

चारमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा रहेको पाइएको छ ।

उनीहरूमध्ये पनि दुई जना प्रहरी हुन् । एक जना अस्पतालको ल्याबमा काम गर्ने र अर्का अस्पतालमा डायलासिस गराइरहेका प्रहरी भएको स्रोतले बताएको छ ।

अर्का संक्रमण पूर्वप्रहरीकी पत्नी हुन् र नेपाल प्रहरी अस्पतालमा नै उपचाररत छिन् । तीनै जनालाई कोभिड अस्पताल, बलम्बु लैजाने तयारी भइरहेको प्रहरी अस्पताल स्रोतले जनाएको छ ।

यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »