सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गृह मन्त्रालयद्वारा ७७ जिल्लाबाट जारी सबै सवारी पासहरु खारेज

काठमाडौं। लकडाउनको समयमा सवारी पास सुविधा लिएकाहरुबाट नै कोरोना भाइरसको संक्रमण फैलन थालेपछि सरकारले कडा कदम चालेको छ।

जोखिमको थप वाहक नै सवारी पासहरु बनेपछि गृहमन्त्रालयले आगामी शनिबारदेखि लागू हुने गरी ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै सवारी पासहरु खारेज गरेको छ ।

जेठ ३ गतेदेखि लागू हुने गरी गरिएको यो निर्णयपछि सम्बन्धित जिल्ला भित्र आवागमन गर्न पनि रोक लाग्ने छ । शनिबारदेखि यो निर्णय लागू भएसंगै अब काठमाडौं उपत्यका भित्र पनि कडाइ गरिने भएको छ । शनिबारदेखि काठमाडौंबाट भक्तपुर र ललितपुर कतै पनि जान पाइने छैन भने भक्तपुर र ललितपुरबाट काठमाडौं आउन पनि नपाइने भएको छ ।

यो निर्णय पछि अब उपलब्ध गराइने पासहरु गृहमन्त्रालयको अनुमतिमा मात्र जारी गरिने भएको छ । आजदेखि लागू हुने गरी यस अघि नै गृहले एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने पासहरु खारेज गरिसकेको छ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागद्वारा जारी गरिएको परिचय पत्रको आधारमा आवागमन गर्न पाइने व्यवस्था गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »