सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

च्याम्पियन युभेन्टस् पराजित

च्याम्पियन बनिसकेको युभेन्टस् सिरी ए लिग को ३७ औं खेलमा क्याग्लिअरीसँग २-० गोलले पराजित भयो । क्याग्लिअरीको घरेलु मैदानमा भएको सो खेलमा उसका लागि टिमका लुका गाग्लिएनोले खेलको आठौं र जियोभानी सिमोनले पहिलो हाफको इन्ज्युरी समयमा एक एक गोल गरे ।

युभेन्टसले खेलमा गोलको लागि विभिन्न आक्रमण बुनेपनि क्याग्लिअरीका गोलकिपर एलेसियो क्राग्नो बधाक बने । अन्ततः दुई खेल अगाडी नै च्याम्पियन बनिसकेको युभेन्टस् गोल विहिन बन्दै यस खेलमा हार बेहोर्न पुगे भने टोलीका सुपरस्टार फर्वाड क्रीष्टियानो रोनाल्डोका लागि गोल्डेन बुट उपाधी दौड झन् कठिन बनेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »