सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“छामेला गोइलो”महानायक अमिर दोङको नाकमा कालो दाग, शुष्माको नक्कली फेसन

काठमाडौँ । बसन्त ॠतुको आगामनसँगै गर्मी मौसम शुरु भएको अनुभुति सबैले गरेका नै छन् । सायद गायक विशाल काल्तन र गायिका सुमिना ल्होले गर्मीको अनुभुति गरेको होला नै । “नक्कली छामेला गोइलोसे साल्ह दुलो साङ्बा” भन्दै गायक विशाल काल्तन गायिका सुमिना ल्होलाई जिस्काउछिन् तर “मंसिर, पुषला ल्होक ल्होक धार्बा खाङबा, नक्कली ब्योनला पाइन्ट् आ–आ तासी खाङबा” भन्दै सवालको जवाफ फर्काउछन् गायिका सुमिना ल्हो ।

महानगर पालिकामा कहिले काही हप्तौं दिनसम्म फोहोर उठाउदैन । सडकमा नाक थुनेर हिड्नु पर्ने तितोसत्य अनुभव सबैलाई होला । फोहोर मैलो व्यवस्थापन प्रतिको पेचिलो प्रहार अनि गर्मीको निहुँ गरेर दुई भित्ताको कपडा लगाएर अङ्ग प्रदर्शन गरेर हिड्नेहरु प्रति लक्ष्ति सन्देश मुलक म्यूजिक भिडियो हो “छामेला गोइलो” ।

काठमाडौँ महानगरपालिका भित्र नै सुटिङ गरेको “छामेला गोइलो” म्यूजिक भिडियोमा महानयक अमिर दोङ र नायिका शुष्मा मोक्तानको बेजोड अभिनय गरहेका छन् । यो म्यूजिक भिडियो सुटिङको क्रममा नायक अमिर दोङ र नायिका शुष्मा मोक्तानले धेरै मस्ती गरेको सुटिङ रिर्पोटको क्रममा फैलिएको हल्ला म्यूजिक भिडियो सार्वजनिक भएपछि पुष्टि भएको छ ।

हास्यकलाकार कुईंसाङ रुम्बाले सडकमा केटिहरुले धुलो बढारी हिडिरहेको खबर दिन साथ मोटर बाइकमा हुक्का बोकेर प्रवेश गरेको नायक अमिर दोङले छोटो मिनिष्कटमा नायिका शुष्मा मोक्तानको जवानीलाई देखेर हुक्का कता फालियो भन्ने हेक्का नै भएन छ । तर केटी पट्याउन माहिर महानायक दोङले नायिका मोक्तानको छोटो कपडा तान्न सफल हुन्छन् । यो म्यूजिक भिडियोमा अङ्ग प्रदर्शन गरेर दर्शकको मन जित्न खोजेका छन् नायिका शुष्मा मोक्तानले तर जति अङ्ग प्रदर्शन गरेता पनि बिना लोप्चनका लागि सायद यो म्यूजिक भिडियो फलामको चिउरा चपाए भन्दा पनि बढी भयो होला ।

“छामेला गोइलो” म्यूजिक भिडियो हेर्ने दर्शकका लागि सायद मोडल रमेश लामा र बिना लोप्चनको अभिनय नुन नपुगेको तरकारी नै लाग्न सक्छ । हुन त तामाङ गीत संगीतको क्षेत्रमा आएको एक बिकृती नै भन्नु पर्छ । पैसा लगानी गरेपछि अभिनय सिक्नु पर्दैन । कला के हो त्यो जाँचिरहनु पर्दैन भन्ने भ्रम छ । सायद यसले गायक विशाल कल्तान र महानायक अमिर दोङको गरिमामा पनि ठेस लाग्न सक्छन् । किन भने उहाँहरुले म्यूजिक भिडियो तयारीमा नै छनौट प्रकृयालाई ध्यान दिएमा यस खालका गलत प्रवृतिलाई तोड्न सक्ने थियो कि ?

हुन त मोडल रमेश लामा र बिनु लोप्चनले म्यूजिक भिडियोमा अभिनय गर्न नै सक्दैन भन्न खोजेको होइन । यो म्यूजिक भिडियो हेर्दा नव मोडलहरुको तयारी पुगेन र सफलता प्राप्तिका लागि अभिनायलाई तिखार्न धेरै मिहिनेत गर्नु पर्ने देखिन्छन् ।

तामाङ समुदायका वरिष्ट संगीतकार तथा गायक चन्द्र कुमार दोङको प्रमुख आतित्थ्यतामा सार्वजनिक भएको यो म्यूजिक भिडियोकोबारेमा उहाँको भनाई यस्तो छ । “समग्रमा यो म्यूजिक भिडियो राम्रो बनेको छ । कता कता आफ्नो पन हराएको हो कि ? मेरो जिज्ञास मात्र हो । जस्तो सुकै भिडियो निर्माण गरेता पनि आफ्नो पन नभुल्नका लागि मेरो सबैमा हार्दिक अनुरोध छ ।”

सामाजिक संजालमा सार्वधिक चर्चा कमाउन सफल गीत हो “छामेला गोइलो” । नेपाली सेलो म्यूजिक युटुब च्यानलबाट सार्वजनिक भएको यो म्यूजिक भिडियोले प्रिमियर समयमा नै करिब २० हजार भन्दा धेरै भ्युज बटुल्न सफल भएका छन् भने धेरै भन्दा धेरै दर्शकहरुको सफलताको कमेन्ट् पाएका छन् ।

बिजय तामाङ र अनु लामाको संयुक्तमा शब्द रचना रहेको छ भने गायक विशाल काल्तनको नै संगीत रहेका छन् । त्रिलोक लामाको छायाङ्कन, अजय गोले र विषण दोङले कोरियोग्राफीमा महत्वपुर्ण भुमिका खेलेका छन् । कोरियोग्राफी दुई जनाले कोरसमा अभिनय गर्ने कलाकारहरु छनोट गर्नमा चुकेको हो या नातावाद, कृपावाद, लगानीवाद लागू भएको हो त्यो बुझ्न सकिरहेको छैन ।

यो म्यूजिक भिडियो सार्वजनिकको क्रममा प्रमुख अतिथिले मात्र बोल्ने कार्यक्रम रहेको थियो भने पत्रकार सम्मेलनको व्यवस्थापन पत्रकार मिलन लामा दोङको रहेको थियो । पत्रकार सम्मेलनलाई छोटो, छरितो तरिकाले पत्रकार छेडुप तामाङ दोङले सञ्चालन गरेको थियो ।

निष्कर्षः महानायक अमिर दोङको नाकमा लागेको कालो दाग कहिले मेटिएला ? यो प्रश्नको जवाफ दर्शकहरुले छिट्ठै पाउने छन् । “छामेला गोइलो” गायक विशाल काल्तन, गायिका सुमिना ल्होको आवाजमा प्रश्न उठाउने कुनै ठाउँ नै छैन । तामाङ गीत संगीतको क्षेत्रलाई विशाल बनाउनमा कलाकारको महत्वपुर्ण भुमिका हुने छ । कस्लाई कलाकार भन्ने ? कस्तो व्यक्तिलाई अवसरको ढोका खोलिदिने भन्ने तामाङ सांगीतिक क्षेत्रमा नाम कमाउन सफल नायक, मोडल, गायक, हाँस्यकलाकार, निर्देशक, कोरियोग्राफर आदिको महत्वपुर्ण भुमिका रहने छ । पछिल्लो समयमा अमिर दोङ म्यूजिक भिडियो निर्माण पक्षमा अत्ति नै व्यस्त महानायक हो । नाकमा लागेको कालो दाग मेटाउने भन्दा पनि दाग लाग्न नदिने गरि काम गरेमा राम्रो हुने थियो कि ? ​

भर्खरै

सम्बन्धित खबर

Language »