सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ कलाकार संघ र तामाङ चलचित्र संघ बीच एकता हुन सक्छ ?

काठमाडौँ । नेपाल तामाङ कलाकार संघ र नेपाल तामाङ चलचित्र संघ बीच एकता हुन सकिने गायक तथा वरिष्ट संगीतकार चन्द्र कुमार दोङले नमोबुद्ध न्युज च्यानलमा पत्रकार छेडुप दोङ तामाङ सँगको संवादको क्रममा बताउनु भएको थियो ।

पत्रकार छेडुप दोङ तामाङले नायक कुमार मोक्तान र गायक तथा वरिष्ट संगीतकार चन्द्रकुमार दोङसँग यी दुई संस्थाबीच एकता किन हुन नसकेको हो त ? भनी संवाद शुरु गरेका थिए । गाएक चन्द्र कुमार दोङले विचार र विवेकलाई बुझ्नलाई सकेमा अवश्य नै एक हुने छन् भनेर स्वीकार गरेका छन् ।


नायक कुमार मोक्तानले गायक, गायीका वा मोडल जो सुकै होस् कला क्षेत्रमा लागेका व्यक्तिहरु कलाकार भएको हुनाले तामाङ सुमदायमा कलकारको नाममा दुई वटा संस्था हुनु नै दुर्भाग्य भएको बताएको थियो । यसैमा संगीत र कला भनेको एउटै मुलबाट फुटेर आएको हुनाले एक हुन सक्ने बताउनु भएको छ ।

पदको लागि मात्र संघको स्थापना भएको हो कि ? भन्ने प्रश्नमा नायक कुमार मोक्तानले हाँसेर टार्नु भयो भने गायक तथा वरिष्ट संगीतकार चन्द्र कुमार दोङले भने टाउँको हल्लाएर सहमती जनाउनु भएको थियो ।

हुन त पछिल्लो समयमा नेपाल तामाङ चलचित्र संघले केही काम गर्न नसकेको नायक कुमार मोक्तानले स्वीकार गर्नु भएको छ । उहाँले चलचित्र संघमा कोही पनि कलाको नौ रस बुझ्न सक्ने कलाकारहरु नभएको कारणले तामाङ चलचित्रमा गुणस्तरको चलचित्र स्थापना हुन नसकेको दाबी गर्नु भयो । उहाँले चलचित्र कर्मीहरु नै एक नभएको पनि स्वीकारेको छ ।


अल्प ज्ञानको कारणले तामाङ कलाकारहरु बीचमा अस्वस्थ प्रतिष्पर्दा भएको गायक चन्द्र कुमार दोङले खुलासा गर्नु भयो ।


बाँकी यो संवाद सुन्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »