सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा जनता समाजवादी पार्टी नेपालको बृहत्त विरोध प्रदर्शन र विरोध सभामा वरिष्ठअशोक राई र ईश्तियाक राई लगायतका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने

नेपालगन्ज, असम्बैधानिक तरिकाले प्रतिनिधि सभाको विघटन गरिएको ठहर गरेर त्यसको विरोध गर्दै आएको जनता समाजवादी पार्टी नेपालले पुस २७ गते सोमवार नेपालगन्जमा बृहत्त विरोेध प्रदर्शन एवम् बिरोध सभाको आयोजना गरेको छ ।


जनता समाजवादी पार्टी नेपालको केन्द्रीय निर्णय अनुसार सोमवार यहाँ बृहत्त विरोेध प्रदर्शन एवम् बिरोध सभाको आयोजना गरिएको जसपाका केन्द्रिय कार्यकारिणी सदस्य एवं पुर्व मन्त्री मोहम्मद ईस्तियाक राईले बताउनुभयो ।


उहाँले नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरिने विरोध प्रदर्शन र सभामा ठुलो संख्यामा जनतालाई सहभागि गराइने जनाउँदै सो को तयारी पुरा गरिएको पनि बताउनुभयो ।
संविधानलाई बेवास्ता गरेर गैर संवैधानिक तरिकाले प्रतिनिधि सभाको विघटन गरिएको हुँदाप्रतिनिधिसभालाई पुनस्थापना नगरिएसम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो ।

अदालतप्रति जसपाको पुर्ण आस्था र विश्वास रहेको उल्लेख गर्दै उहाँले न्यायपालिकाले अवश्य पनि प्रधानमन्त्री र राष्ट्रपतिद्वारा गरिएको निर्णयलाई सच्चाएर न्यायको अनुभूति आम नेपाली जनतामाझ दिई न्यायपालिकाको गरिमा कायम राख्ने बताउनुभयो ।


त्रिभुवन चोकमा आयोजना गरिने सभालाई पुर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेता अशोक राई, पुर्वमन्त्री तथा जसपाका कार्यकारिणी सदस्य मोहम्मद ईस्तियाक राई, पुर्वमन्त्री तथा जसपाका कार्यकारिणी सदस्य अकबाल अहमद शाह र जसपाका कार्यकारिणी सदस्य अमृता अग्रहरी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा बाँकेले जनाएको छ ।


विरोधसभामा सहभागिताका लागि सम्पूर्ण बाँकेवासीलाई विहान ११ बजे त्रिभुवन चोक पुग्न आग्रह गरिएको जनता समाजवादी पार्टी बाँकेको प्रचार प्रसार संयोजक राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

विरोध प्रदर्शन र विरोधसभाका लागि प्रचार प्रसार लगायत सबै प्रकारको तयारी पुरा गरिएको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो । उहाँले प्रधानमन्त्रीको गैर सम्बैधानिक निर्णय विरुद्ध ठुलो संख्यामा जनताले उपस्थित भएर विरोध जनाउने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »