सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल सरकारले परिक्षणकाे दायरा फराकिलाे बनाउँदै

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १४ गतेदेखि कोरोना परीक्षणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । मन्त्रालयले जारी गरेको नयाँ मापदण्डअनुसार अब कोरोना भाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउनका लागि केवल पीसीआर तथा एन्टिजेनमा आधारित द्रुत परीक्षण रहेको छ ।

सरकारले नयाँ मापदण्डमा संलग्न गरेको एन्टिजेनमा आधारित द्रुत परीक्षण भनेको पीसीआर परीक्षणसरह नै भएको दाबी मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए ।

यस्तै मन्त्रालयले विवादित आरडीटी विधिबाट गरिने एन्टिबडी परीक्षणलाई पनि पूर्ण रुपमा बन्द गरेर त्यसको स्थानमा सेरोलोजी परीक्षण गर्ने बताएको छ ।

‘हाललाई सेरोलोजी परीक्षण भनेको केवल सर्भेलेन्सका लागिमात्रै हो,’ उनले भने, ‘सेरोलोजी परीक्षण भनेको सीएलआईए र ईएलआईएसए विधिबाट गरिने एन्टिबडी परीक्षण हो । जुन आरडीटी परीक्षणभन्दा धेरै भरपर्दो हुन्छ ।’

यस्तै स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउँदै अब ज्वरो, खोकी, स्वास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाह नपाउने र झाडापखालाजस्ता लक्षण देखिएकाहरुको पनि पीसीआर परीक्षण गर्ने भएको छ । यसका साथै संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्टलाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर परीक्षण गरिनेछ ।

डा. पोखरेलका अनुसार अब पैदलमार्गबाट नेपाली सीमाभित्र प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरिने छ र त्यसको रिपोर्टको आधारमा आइसोसनमा क्वारेन्टाइन केन्द्रमा राखिने छ । साथै हवाईमार्गबाट आउनको हकमा भने ५ देखि ७ दिनपछि परीक्षण गरिने छ ।

‘परीक्षणमा पोजिटिभ देखिएर आइसोलेसनमा १४ दिन बसेकाहरुलाई भने पुनः परीक्षण गर्न आवश्यक छैन,’ उनले भने, ‘तर, आइसोलेसनबाट निस्कनुअघि कम्तीमा ३ दिन कुनै लक्षण नदेखिएको हुनुपर्छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »