सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेसन्स लिग फुटबलमा इटालीको पहिलो जित, नेदरल्याण्ड्स पराजित

एजेन्सी। यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित हात पारेको छ ।

नेदरल्याण्ड्सको घरेलु मैदानमा गएराति सम्पन्न खेलमा इटालीका लागि पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक भयो ।

बरेल्लाले खेलको ४६औँ मिनेटमा हेडमार्फत गोल गरेका हुन् ।

जीतसँगै लिग ‘ए’ समूह १ मा इटाली २ खेलमा एक जित र एक बराबरीसहित ४ अंकका साथ पहिलो स्थानमा उक्किएको छ ।

समान खेल खेलेको नेदरल्याण्ड्स एक जित र एक हारसहित ३ अंकका साथ दोस्रो स्थानमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »