सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रतिरोध

रचना मोक्तान ” यात्री


वर्षौंदेखि !
भयानक चक्रवतसँग जुध्दै
भयानक चुनौतीसँग खेल्दै
समस्याका ज्वारभाटाहरू झेल्दै
काला-काला दिनहरूलाई
आफ्नै बलबुताले पर-पर धकेल्दै
भारी पीडामय उच्छ्वासहरू सुसेल्दै
आफ्नै सानो संसारमा
भयानक कठिनाईरुपी भूमरीका बाबजुद
हुर्काउँदै आएको हुँ मेरा सन्ततिहरू ।

जति मेरा सन्ततिहरू हुर्किए
जति मेरा सन्ततिहरू फुर्किए
त्यति नै तिमीले गाँस-गाँस बनायौ
आफ्नो भोकको भोजन बनायौ
आफ्नो शरीरको वजन बनायौ ?
मैले मेरो जातिको अस्तित्व जोगाउन
तिमीसँग लाख-लाख बिन्ती चढाएँ
लाख-लाख अनुनय-बिनय गरें
साष्टंग दण्डवत गरें
तिम्रो सेवामा हरदम-हरपल खटिएँ
तर, रोकिएन तिम्रो क्रूर ज्यादती
रोकिएन तिम्रो क्रूर अत्याचार

अन्तमा,
उल्टै मलाई नै झम्टीएर
खुनी दार्‍हा, नंग्राले चिथोरेर/कोपरेर
मेरो जातिको नै अस्तित्व नामेट पार्न
तिम्रो ठूँडभित्र घुसारीछाड्यौ
त्यसैले,
महोदय !
म पनि कम छैन
तिमी मेरो श्वास नली बन्द गर्न खोज्दैछौ
र मलाई एक दिनको चारो बनाउँदैछौ
मैले पनि
जीवनको अन्तिम तागत बटुलेर
मेरा यी बलिस्ठ हातहरूले
तिम्रो अन्ननली र श्वासनली दुबै बन्द गर्दैछु

अनि मेरो सन्ततिले
धुमधामसँग तिम्रो मृत्युत्सव मनाउनेछन
र म मरे पनि मेरो जयजयकार गर्नेछन
त्यसपछि घुम्ने छैन मेरो सन्ततिहरूको जिन्दगीमा
तिम्रो सन्तानहरूको दानवरुपी जाँतेपीङ

दिनाङ्क : ५ श्रावण, २०७७

भर्खरै

सम्बन्धित खबर

Language »