सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेरी आफ्नो गती तिब्र बनाउदै सरसफाइ अभियान हरु

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा पनि सफाइ अभियान भने जारी थियो ।बन्दाबन्दी खुलेसँगै राजधानीको वाग्मतीलगायत यसका सहायक नदी, चक्रपथका विभिन्न खण्डमा सफाइ अभियानले गति लिन थालेको छ ।

चक्रपथ क्षेत्र सफाइको १७५औँ हप्तामा गोंगबु चोकबाट नयाँ बसपार्क क्षेत्रमा १५ जना अभियानकर्मी जम्मा भएर सफाइ गरिएको अभियानकर्मी तिलक बस्नेतले जानकारी दिए । उपत्यकामा जनसङ्ख्या कमी, कोरोनाबाट बच्न करिब चार महिना बन्दाबन्दी गरिएकाले पनि आज कम फोहर भेटिएको अभियान का संयोजक लोकबहादुर टण्डनले सुनाउनुभयो । सफाइबाट १५ डोको फोहर व्यवस्थापन गरिएको थियो ।

“आफु देशभित्र हुँदा होस या बिस्वको कुनै कुना मा हुँदा ,शनिवार भन्ने वितिकै सरसफाइ अभियान को झझल्को आइरहन्छ ।”चक्रपथ सरसफाइ महा अभियान का एक नियमित अभियान्ता ले यसरि आफ्नो भावना ब्यक्त गरेका छन ।

यसरि सडक मा फोहोर टिप्दै हिड्नु कसै को पनि रहर या देखाउन को लागी गरिने समाजसेवा नभै राज्य को लागी खवरदारी र आम जनाता लाई सचेतना जगाउन गरिएको नियमित कृयाकलाप मात्र भएको यस अभियान का अभियान्ता पुण्य रत्न बज्राचार्य को अभिब्यक्ती छ ।जिम्बेवार नागरिक को हैसियत ले यो अभियान लाई अझ परिमार्जाम र परिस्कृत गर्दै अगाडी बढाउनु आजको सामाजिक आवस्यकता भएको कुरा मा अभियान्ता हरु को एकमत देखिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »