सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दियाका १२० महिलालाई सिप विकास तालिम दिएर आर्थिक रुपमा सक्षम बनाईंदै

नेपालगञ्ज, बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना १८ वर्ष देखि २४ वर्षका युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।


प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास तालिम दिन लागिएको हो ।
बेरोजगार महिलालाई तालिम दिएर व्यवसाय संचालन गर्न तथा स्वरोजगार बनाउनका लागि क्लवले युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम संचालन गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले छनोटमा परेका १२० जना महिलाले विभिन्न किसिमका व्यवसायहरु छनौट गरेकोले उनिहरुलाई सोही प्रकारको सिप विकास तालिम प्रदान गरिने बताउनुभयो ।


महिलाहरुले सेक्युरिटीगार्ड, ड्राईभिङ्ग, व्युटिसियन, ईलेक्ट्रीकल, कम्प्युटर डिजाईनिंग, सेल्लपर्सन, सिलाई कटाई, बुटिक, मन्टेश्वरी, डेन्टल ल्याव असिस्टेन्ट, होटल व्यवसाय, खुद्रापसल, कास्मेटिक पसल, माछापालन, बंगुरपालन, कुखुरापालन लगायतको व्यवसाय रोजेकोले उनिहरुलाई सोही तालिम प्रदान गरिने बाँके युनेस्को क्लव पर्ल परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनुभयो ।
लामिछानेका अनुसार सो सीप विकास तालिम संचालनका लागि नेसनल मानस विकास तालिम केन्द्र नेपालगन्ज तथा बडीमालिका मल्टिप्रपोज प्रा।लि। काठमाडौंलाई छनौट गरिएको छ ।


सोही तालिमको तयारीका लागि बडीमालिका मल्टिप्रपोज प्रा।लि। काठमाडौले बर्दियाको गुलरियामा परियोजनाका सहभागिहरुसंग तालिम संचालनका लागि पुर्व तयारीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


सो कार्यक्रममा बडीमालिका मल्टिप्रपोज प्रा।लि।का निर्देशक चन्द्र साँउदले तालिम संचालन गर्ने स्थान, समय र व्यवस्थापनको बारेमा सहजिकरण गर्नुभएको थियो भने तालिम प्रदायक संस्था नेसनल मानस विकास तालिम केन्द्रका निर्देशक राकेश रोशन धमाल, बाँके युनेस्को क्लव पर्ल परियोजना संयोजक लामिछाने लगायतले तालिम र परियोजनाको लक्ष्य उद्देश्यको बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा सीप तालिम संयोजक दिपेन्द्र कुमार थारु र बाँके युनेस्को क्लबका सहजकर्ता गोबिन्दी बि।क।को सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »