सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएकाे छ ।

उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । उनको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

१ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

उनको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »