सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुटपाट गरि हत्याको फरारा अभियुक्त पक्राउ

काठमाडाैँ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको हत्याको अभियोग लागेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

०७७÷०६÷२१ गते चन्द्र बहादुर योञ्जनलाई दुई अपरिचित व्यक्ति आएर निजको पसलमा नै मादक पदार्थ सेवन गरी जग्गा हेर्नु छ भनी झुकउदै केहि पर लागि हत्या गरेको थियो । उपचारको क्रममा ग्रिन सिटी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । कुट्पिट पछि निजसँग भएको गरगहना, मोबाइल र पैसा लुटेको पत्रकार सम्मेलनमा महानगरीय अपराध अनुसन्धान शाखा काठमाडौंले जानकारी दिएको हो ।

रामेछापको सोनापति गाउँपालिकाको मृत्क योञ्जनलाई रमेश तामाङ र प्रेम तामाङले कुटपिट गर्नुको साथै लुटपाट गरेको थियो । अनुसन्धानको क्रममा शेर्पा भन्ने काजीमान लामाको सापटी पैसा योञ्जनले दिन आनाकानी गरेपछि हत्या गर्ने योजना बनाएको खुलेको छ ।

हत्याको आरोप लागेकाहरु मध्ये दुईजना सिन्धुपाल्चोक भई हाल बौद्घ बस्दै गरेको र एक जनाको रामेछाप धोवि गाउँपालिका रहेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय अपराध महाशाखाका काठमाडौँले निजहरुले हत्याको लागि प्रयोग गरेको मोटसाइल, मृत्कबाट लुटिएको सुन, मोबाइल बरामद गरेका छन् । म्याद थप गरी कार्बाहीको लागि अनुसन्धान अगाडी बढाएको बताएको छ ।

https://www.facebook.com/metropolitancrimedivisionteku/posts/3381026848670771

भर्खरै

सम्बन्धित खबर

Language »