सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्तामा जानका लागि ”जसपा” पार्टी निर्वाचन आयोगको शरणमा

काठमाडौँ । सत्तामा जानका लागि जनता समाजवादी पार्टी टुक्रिने अवस्थामा पुगेको छ । सत्तामा जानका लागि जे पनि गर्न तयार हुने जसपाका नेताहरुको विवाद निर्वाचन आयोगले टुंगो लगाई दिएको छ ।

जसपामा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच अधिकारिताको विवाद लगभग सल्टिएको छ । निर्वाचन आयोगले आइतबार सुरु गरेको “हेड काउन्ट” मा उपेन्द्र यादव पक्षमा वहुमत देखिएको हो । यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । जवकि निर्वाचन आयोगले ५१ जनाको सनाखत गरेको थियो ।

साथै यादव समूहले आफ्नो पक्षमा अझै अरु नेताहरुले हस्ताक्षर गर्न बाँकी नै रहेकाले आफूहरुको पक्षमा वहुमत रहेको बताएका छन् । नेता उपेन्द्र यादवका अनुसार रेशम चौधरी यादव समूहकै पक्षमा छन् ।

जसपामा लामो विवाद देखिएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन उपस्थित भएर सनाखत गर्न भनेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »