सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सन्दीप सम्मिलित जमैकाको विजयी सुरुआत

काठमाडौं। सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले हिजोबाट सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा विजयी सुरुआत गरेको छ।

प्रतियोगिताको तेस्रो तथा आफ्नो पहिलो खेलमा आज जमैकाले सेन्ट लुसिया जोक्सलाई ५ विकेटले पराजित गरेको छ।

ब्रायन लारा एकेडेमी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो।

१५९ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

बलिङतर्फ ४ ओभरमा २३ रन खर्चिएका सन्दीपले १ विकेट लिएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »