सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साइबर क्राइमको आरोपमा शुपतिनाथ मन्दिरका केदारनाथ भण्डारी पक्राउ

काठमाडौं। पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष एवं पशुपतिनाथ मन्दिरका पालोवाला भण्डारी भण्डारीलाई प्रकाउ गरेको हो। प्रहरीले भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट बुधबार साइबर क्राइमको आरोपमा पक्राउ गरेको जनाएको छ।

भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापालाई सामाजिक संजालमा गालीगलौज गरेको र फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको आरोपमा प्रकाउ गरेको हो।

गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए।

पक्राउ पछि भण्डारीलाई छोडिदिन कोषाध्क्ष थापालाई नेता र अन्यबाट दबाब आएको स्रोतले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »