सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिंहदरबार भित्रका सफाइ कर्मचारीको कोरोना परीक्षण गर्ने

काठमाडौं। सरकारले सिंहदरबार भित्रका सफाइ कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्रका सफाइ कर्मचारीको कोरोना परीक्षण गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

टोलीले विदेशबाट आएका, कोरोना पोजेटिभ व्यक्तिको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीहरुको पनि चिकित्सकको सल्लाह बमोजिम कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । मन्त्रालयले विदेशबाट हवाई मार्ग हुँदै नेपाल फर्किनेलाई ५ दिन होल्डिङ सेन्टरमा राखेर परीक्षण गरी स्थानीय तहमा पठाउने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थल मार्गबाट आउनेहरुलाई पनि परीक्षण गरेर मात्र स्थानीय तहमा पठाइनेछ । स्थानीय तहले विदेशबाट फर्किनेलाई क्वारेन्टिनमा राख्दै आएको छ । गत असारमा विदेशबाट उद्धार गरिएका धेरै नेपालीलाई होल्डिङ सेन्टरमा केही बेर राखेर मात्र स्थानीय तह पठाउने गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »