सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘सीसीएमसी’को बैठक आज बस्दै, कोरोना संक्रमणको विश्लेषण गरिने

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ ।

शनिबार (हिजो) बस्ने भनिएको यो बैठक अन्तिम समयमा आएर रोकिएपछि आजको लागि सारिएको थियो ।

केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकभर कोरोना भाइरसको संक्रमित तीव्र बढेसँगै लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा सरकार अन्योलमा छ ।

आजको बैठकले कोरोना संक्रमणको अवस्थाका बारेमा विश्लेषण गर्ने र सोही बिश्लेषणका आधारमा सरकारले लकडाउन गर्ने या नगर्ने बिषयमा कदम चाल्नेछ ।

सरकारले कुनै प्रकारको लकडाउन जारी नगरेपनि केही स्थानीय निकायहरुमा स्थानीय प्रशासनले कडाइ गरेएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »