सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हालसम्म विश्वभर १७ करोड ८८ लाख बढीले कोरोना जिते

काठमाडौँ– विश्वभर १७ करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १७ करोड ८८ लाख ७९ हजार १३३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ३९ हजार १५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १९ करोड ७९ लाख ६३ हजार ५९६ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड ४८ लाख ६१ हजार २१० छ । यसमध्ये ८७ हजार ४९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार २४४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख २३ हजार २५३ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »