सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२ नं प्रदेश प्रमुख बाट तिलक परियारलाई हटाएर राजेश झा नियुक्त

 काठमाडौं । राष्ट्रपति बिध्या देवि भण्डारी ले मन्त्री परीषदको  सिफारिसमा  आजै २ नं प्रदेशमा  पुर्व माओवादीको  कोटा बाट  प्रदेश प्रमुख  को जिम्बेवारी  पाएका  तिलक परीयार लाई पद मुक्त  गराएर  अर्का  तराई  मुलकै राजेश  झा लाई  पद बहालि गराएकि छिन् ।

सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भए ।

राष्ट्रपति कार्यालयमा आयोजित प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका छन् ।

संसद विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् । प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णयप्रति असन्तुष्ट रहेकाले उनीहरु सहभागी नभएको स्रोतको भनाइ छ ।

मधेश मिडीया हाउसमा सक्रिय राजेश झाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी धारलाई साथ दिदै आएका थिए ।

उनले टेलिभिजन अन्तवार्तामा संघीयताको नाममा खण्डीकरण गराइदिएको र तीन तहको सरकारको नाममा तीन तहको लुटेराहरुको समूह पठाएको अभिव्यक्ति दिएका थिए ।

आज मन्त्रिपरिषदको सिफारिसमा झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् झाको प्रदेश प्रमुखमा नियुक्तिबारे जानकारी गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »