सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ७४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन्।

संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ । यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन्।

हाल सम्म क्वारेन्टाइनमा रहेनेको संख्या ११ हजार २७५ रहेको जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७५ जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १८ हजार ८०० पुगेको छ। यो कुल संक्रमितको ५८ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »