काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको हो।
मृत्यु हुनेमा आज थपिएका ४ महिला र १० पुरुषसरहेका छन्।
आइतबार कोरोनाले मृत्यु पुष्टि भएका चार महिलामध्ये सुनसरी ७४, बारा ४७, महोत्तरी ६२ र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन्।
त्यसैगरी सुनसरी ६०, मोरङका ६२, महोत्तरी ७० र ३५, रौतहटका ३०, ललितपुरका २९, भक्तपुरका ६५, नवलपरासीका ६२, रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
३४८ महिला र ८७३ पुरुष गरेर १२ सय २१ जनामा संक्रमण पुष्टि भएको हो।








