सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १ हजार २०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३ हजार १२० पुग्यो

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५३ हजार १२० पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २६० जना रहेका छन्।

यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्।

त्यस्तै, हाल क्वारेन्टाइनमा रहेनेको संख्या ६ हजार ३५४ रहेको जागेश्वर गौतमले जानकारी दिए।

गत २४ घण्टामा कोरोना जितेर ८ सय ५२ जना डिस्चार्ज भएका छन्।

यो सगै कुल डिस्चार्ज हुनेको संख्या भने ३७ हजार ५२४ सय पुगेको छ । यो ७०.६ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »