सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १ हजार ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ हजार १५९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५४ हजार १ सय ५९ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ११७ जना रहेका छन्।

यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ७ हजार ३८७ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ७३६ जना रहेका छन्।

त्यस्तै, हाल क्वारेन्टाइनमा रहेनेको संख्या ६ हजार ५२६ रहेको जागेश्वर गौतमले जानकारी दिए।

गत २४ घण्टामा कोरोना जितेर ११ सय ७३ जना डिस्चार्ज भएका छन्।

यो सगै कुल डिस्चार्ज हुनेको संख्या भने ३८ हजार ६५७ पुगेको छ । यो ७१.५ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »