सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्‍यो

काठमाडौं। नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »