सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिराे पीडितकाे प्रश्न? ”हाम्राे जीवनकाे रक्षा गरि दिनु” ,तामाङ समुदायकाे पहलमा २७ लाख सहयाेग

काठमाडाैँ । गत साउन ३० गते शुक्रबार सिन्धुपाल्चोक जिल्लाकाे लिदी गाउँमा गएको पहिरो पीडित तामाङ समुदायलाई संविधान सभा सदस्य तथा सिन्धुपाल्चोक नेकपाको सचिव धावा तामाङकाे नेतृत्वमा २७ लाख आर्थिक सहयोग वितरण गरेको छ ।

उक्त रकम देशविदेशमा रहेका तामाङ संघ संस्थामा आवद्ध रहेका तामाङ समुदायले अन्तरर्राष्ट्रिय तामाङ परिषद र नेपाल तामाङ घेदुङको विशेष पहलमा पठाएको थियो ।

जुगल गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्टले एक द्वर प्रणालीबाट सहयोग रकम वितरण गर्नु पर्ने भने पछि संविधान सभा सांसद धावा तामाङले उक्त प्रणालीको विरोध गर्दै पहिराे पीडितकाे हातमा नै सहयोग रकम वितरण गरेको थियो । उप प्रमुख सृजना तामाङ र वडाध्यक्ष प्रताप लामा उपस्थित भएता पनि अध्यक्ष होम नारायण श्रेष्ट भने उपस्थित भएको थिएन ।

अहिलेसम्मकै सबैभन्दा बढी सहयोग सहयाेग रकम उपलब्ध गराएकाेमा उप प्रमुख सृजना तामाङले अन्तरर्राष्ट्रिय तामाङ परिषद र नेपाल तामाङ घेदुङ धन्यवाद दिनु भएकाे थियाे ।

अस्थायी आवास क्षेत्र जुगल गाउँपालिका-१ स्थित बाँसखर्क पुगेर शुक्रवार प्रवासमा रहेका तामाङ संघसंस्थाबाट प्राप्त २२ लाख १२ हजार ४ सय ९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको ४ लाख ८९ हजार २ सय २५ गरि एकमुष्ट २७ लाख १ हजार ७ सय २० रूपैया पीडित परिवार समक्ष राहतस्वरुप नगद सहयोग गरेको हाे ।

संकलित रकम मृत्यु भएका १२ धुरीलाई ६० हजारका दरले ७ लाख २० हजार, पूर्णघर क्षति भएका १७ घरधुरी लाई २५ हजारका दरले ४ लाख २५ हजार, विस्थापित १४१ घरधुरी लाई १० हजारका दरले १४ लाख १० हजार राहतस्वरूप नगद हस्तान्तरण गरेको हो ।

तामाङ समाज बेल्जियम रु. ४ लाख, तामाङ समाज जापान रु. ३ लाख ७० हजार, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसान रु. ३ लाख ३२,हजार , तामाङ घेदुङ हङकङ रु. ३ लाख ८ हजार, तामाङ घेदुङ यु.के. रु. २ लाख १ हजार, नेपाल तामाङ घेदुङ बहराईन रु. १ लाख ५२ हजार, नेपाल तामाङ घेदुङ कतार रु. १ लाख २० हजार,३सय ८४, नेपाल तामाङ घेदुङ साइप्रस रु. १ लाख हजार, मकाउ तामाङ घेदुङ एसोसियसन रु. १ लाख १०हजार र नेपाल तामाङ घेदुङ मलेसिया रु. १ लाख ४ हजार रहेका छन् ।

नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्व संविधानसभा सदस्य दावा तामाङ,नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ट उपाध्यक्ष टासी लामा, महिला उपाध्यक्ष अस्मिता वाईबा, सचिव रविन तामाङ, साँगाचोक गढी नगरपालिका प्रमुख अमान सिं तामाङ, घेदुङ केन्द्रीय सदस्य राम लामा, जिल्ला घेदुङ सि.पा. अध्यक्ष रेशम स्याङ्बो लगायतको उपस्थितिमा राहतस्वरूप नगद हस्तान्तरण गरेको थियो । यसैगरी एन अार एन बहराइनका संस्थापक श्याम तामाङकाे पहलमा पनि करिब दुइ लाख सहयाेग रकम हस्तान्तरण गरेकाे थियाे।

बर्षौदेखि पहिरो नगएको सुरक्षित वस्तीमा यति धेरै जनधनको क्षति हुने गरी पहिरो जानुमा गाउँदेखि तल रहेको राक्पालगान्धी (ब्रम्हायणी) नदीमा सञ्चालित हाइड्रोपावरको प्रकृति विरोधी गतिविधि र २०७२ सालमा गएको भुकम्प मुख्य कारण रहेको पीडितहरुले बताए । पहिरो पीडितहरुले यस अघि नै आफूहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न माग गरेपनि कुनै सुनुवाई नहुँदा यसखालको दुर्घटना हुनपुगेको गुनासो गरेका छन् भने सरकार सँग दिर्घकालिन बसाेवासकाे व्यवस्थापन गर्न बारम्बार अपिल गरिरहेका छन् ।

भिडियाेका लागि

I

भर्खरै

सम्बन्धित खबर

Language »