सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बलिउडमा ‘ड्रग्स’ लिनेमा नायिकापछि शाहरुख खान सहित चार अभिनेताहरुको नाम जोडियो

एजेन्सी। बलिउडमा लागुऔषध (ड्रग्स) को प्रयोग गर्नेमा नायिकापछि एकैपट चार जना अभिनेताको नाम मुछिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले गरेको अनुसन्धानमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।

दैनिक भाष्करले एनसीबीका अधिकारीको हवाला दिँदै अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्दै आएको बताएको छ ।

दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले उल्लेख गरेको छ ।

बलिउड नायकहरुको नाम लिँदा ती अधिकारीले ए, डी, आर र एस कोडमा नाम प्रयोग गरेको र ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डी’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणवीर कपूर र ‘एस’ को अर्थ शाहरुख खान भएको दाबी गरिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि बलिउड नायिका दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर लगायतका नायिकाहरूले ड्रग्स सेवन गरेको विवरणहरू सार्वजनिक भएका थिए ।

गत जुन १४ मा सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड सेलिब्रेटीले लागुऔषध सेवन गर्नेबारे अनुसन्धान भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »