सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपाकाे विवाद जिल्लामा पनि देखिन थाल्याे

बेसीसह। एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओली निकट युवा तथा विद्यार्थीहरुले नेकपा लमजुङकी अध्यक्ष मधुमाया अधिकारीलाई २ घण्टा कार्यालयमै थुनिदिएका छन् ।

गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी अधिकारी कार्याकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) निकट नेत्री हुन् । ओली निकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङको बेसीसहरस्थित पार्टी कार्यालयको अध्यक्ष र सचिवको कार्यकक्षमा ताला समेत लगाएका छन् ।

नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेत्री मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनाएको थियो ।

सोमबार कार्यकक्षमा बसिरहेकी अधिकारीलाई ओली निकट युवा तथा विद्यार्थीले एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै नाराबाजी गरी ताला लगाएर थुनेका थिए । अध्यक्ष अधिकारीले आफूलाई २ घण्टा कार्यकक्षमा थुनेको बताइन् ।

युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको जिकिर गरेका छन् । ओली निकट युवा र विद्यार्थी अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएर नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए । ‘आफ्नै अध्यक्ष र प्रधानमन्त्रीलाई घेराबन्दी गरेर असफल बनाउन खोज्नेहरु कार्यालयमा बस्न आवश्यक छैन । एमालेले बनाएको भवनमा बसेर केपी ओलीको विरोध गर्न पाइँदैन, दिइँदैन,’ राष्ट्रिय युवा संघका संयोजक ऋषि बस्नेतले भने ।

सोमबार दिउँसो नै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका युवा, विद्यार्थीलगायतले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कदमको विरोधमा पार्टी कार्यालय नजिक भीमसेनस्थान चोकबाट नाराबाजी गर्दै बजार परिक्रमा गरी शेराचोकमा कोणसभा गरेका थिए । प्रचण्ड निकट नेकपा नेता मेखबहादुर भण्डारी, युवा संघका केन्द्रीय सदस्य हिरालाल विश्वकर्मा, नेकपा बेंसीसहर नगर कमिटी सचिव शोभा थापा लगायत विरोध र्‍यालीमा सहभागी थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »