सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा थप १ हजार ८ सय १ जनामा कोभिड-१९ संक्रमण, २३ को मृत्यु

काठमाडौँ – नेपालमा आइतबार थप १ हजार ८ सय १ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय २८ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परीक्षणका क्रममा ५७८ जनामा कोभिड पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ६ सय ६७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३२ हजार७४ जनाले कोभिड संक्रमणलाई जितेका छन् । हाल २५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ३४० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ६९ हजार ६८५ वटा पीसीआर र २ लाख ६२ हजार ८३१ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »