सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महन्त ठाकुरले देउवालाई विश्वासको मत दिने भएपछि बाबुराम भट्टराईले व्यङ्ग्य गरे

जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अभागीलाई खाने बेलामा रिस उठ्ने भन्दै अध्यक्ष महन्थ ठाकुरलाई व्यङ्ग्य गरेका छन् ।

ठाकुरले अन्तिम समयमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि विगतमा केपी ओलीलाई समर्थन गरेर समस्या निम्त्याएको भट्टराईको भनाइ थियो ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा महन्थ ठाकुरलाई ब्यंग्य गर्दै भने, ‘जनता समाजवादी पार्टी, एक ढिक्का, एक मत र एक बिचार रहेको भए यति दुःख भोग्नै पर्दैनथ्यो । अरू पार्टीभित्र पनि विग्रह आउँदैनथ्यो ।

जसपा आफैले निकास दिन सक्थ्यो । तर हामीलाई खाने बेलामा रिस उठ्यो ।’ ठाकुरकै कारणले अहिलेको अवस्था आएको समेत भट्टराईको सङ्केत थियो । उनले पार्टीभित्र आपसमा झगडा हुन थाल्नु बिडम्बडापूर्ण भएको भन्दै अहिले फेरि अन्तिम समयमा देउवालाई विश्वासको मत लिन लागेको सुन्दा खुसी लागेको बताए ।

भट्टराईले प्रतिगमनकारीहरूको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित हुनुपरेको पनि बताएका छन् । उनले प्रतिनिधिसभा विघटन बदर भएपछि पुन सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए । ‘प्रतिगमनकारीहरूको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको प्रतिनिधिसभा र दुई पटक मुर्छित बनाइएका हामी यहाँ उपस्थित हुने अवसर प्राप्त गरेका छौँ, त्यसको लागि आवाज उठाउने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु’, भट्टराईले प्रतिनिधिसभालाई सम्बोधन गर्दै भने । भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढङ्गले व्याख्या गरिएको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »