सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा पनि नेकपा एस रोज्दै जनप्रतिनिधीहरु, सिंहले रोजे नेकपा एस


नेपालगञ्ज, बाँकेको वैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष काली वहादुर सिंह सहितका जन प्रतिनिधीहरुले नेकपा एमाले परित्याग गरी नेकपा एस रोज्नुभएको छ । मंगलबार सिंहले जिल्ला निर्वाचन कार्यालयमा पुगेर एस रोजेर सनाखत गर्नुभएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।


मंगलबार खजुरा १ का वडा सदस्यद्धय देवप्रसाद बुढा र रामवहादुर शाही, जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजकुमार धोवी, कोहलपुर ६ का वडा सदस्य फागु थारु र ११ का सदस्य हरिकला सुनारले नेकपा एस रोज्नुभएको छ । बाँकेमा नेकपा एस रोज्ने जनप्रतिनिधीहरुको संख्या १२ पुगेको छ ।

May be an image of 3 people, people standing and outdoors

नेकपा एस बाँकेका अध्यक्ष अशोक कोइराला, उपसचिव अव्दुल हुसेन खाँ,लालवहादुर खत्री दीपक जिएम,राजु रुचाल, लक्ष्मण ज्ञवाली लगायतका नेताहरु पनि निर्वाचन कार्यालय पुग्नुभएको थियो । वैजानाथका नेकपा एसका कार्यकर्ताहरु जुलुससहित निर्वाचन कार्यालय पुगेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »