सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकीमा पूण्यतिथिमा अध्यक्ष रामनिवास यादवप्रति श्रद्धाञ्जली

नेपालगंज ,बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको १३ औं दिनको पूण्यतिथिमा आज गाउँपालिकामा श्रद्धाञ्जली सभा गरिएको छ ।


गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले अध्यक्ष यादवको निधनले गाउँपालिकाले अभिभावक गुमाउनु परेको बताउनु भयो । गाउ्रँपालिकाका संस्थापक अध्यक्षको रुपमा यादवले स्राहनिय कार्य गर्नुभएको स्मरण गर्दै उपाध्यक्ष धितालले जनप्रिय नेता यादवको योजना र सपनालाई पूरा गर्न आगामी दिनमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो


प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले गाउँपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा जनमुखी कामहरु गर्दै आएको बताउनुभयो । जनताका पक्षमा काम गर्न कर्मचारीलाई सदैव मार्गनिर्देश गर्ने अभिभावक गुमाउनु पर्दा गाउँपालिका शोकमग्न रहेको उहाँले उल्लेख गर्नुभयो ।


गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् नेकपा एमालेका नेता पदम धितालले गाउँपालिका अध्यक्ष यादवको निधनले जानकी गाउँपालिकाले कर्मशिल जनप्रिय नेता गुमाउनुका साथै पार्टीले असल र जिम्मेवार नेता गुमाएको बताउनुभयो । अध्यक्ष यादवले विगतमा अघि सारेका योजना र कार्यक्रमलाई सफल पार्न जनप्रतिनिधि र कर्मचारी अघि बढ्न सकेमात्र यादवप्रतिको सच्चा श्रद्धाञ्जली हुने उहाँले उल्लेख गर्नुभयो ।


अध्यक्ष यादवको ६२ वर्षको उमेरमा गत भदौ १२ गते बिहान शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको थियो । यादवका आमा, श्रीमति, दुई छोरा र दुई छोरी छन् । यादव वि.सं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »