सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्को बाँकेद्धारा ‘छोरी शिक्षाका लागि एक रुपियाँ’ अभियान सञ्चालन

नेपालगञ्ज, बाँके युनेस्को क्लबले बर्दियाका चारवटा पालिकामा ‘छोरी शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरेको छ ।
सो अभियान सञ्चालनका लागि क्लबले बर्दियाका गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा रहेका १७ जना परिवर्तनका संवाहक युवाहरुलाई जिल्लास्तरीय नेतृत्व विकास तथा अभियान सञ्चालन सम्बन्धि दुई दिने तालिम बढैयातालमा दिएको छ ।
क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।


उक्त अभियान अन्तर्गत बर्दियाका चारवटै पालिकामा परिवर्तनका संवाहक ती युवाहरुले विभिन्न व्यवसायी तथा अन्य सर्वसाधारणबाट रकम संकलन गरेर अति विपन्न र गरिब बालिकाको स्टेसनरी, पोशाक र अन्य खर्चका लागि उपलब्ध गराउने क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

No description available.


सो अभियानलाई आ आफ्नो पालिकामा गएर सञ्चालन गरि बढी भन्दा बढी रकम संकलन गरेर विपन्न र गरिब बालिकाको शिक्षाका लागि खर्च गर्ने तालिममा सहभागि बाँसगढीका परिवर्तनका संवाहक युवा सन्दीप पौडेलले बताउनुभयो ।

No description available.


उक्त अभियानमा बढी भन्दी बढीलाई सहभागि गराएर छोरी शिक्षाका लागि रकम संकलन गरेर उनिहरुलाई सहयोग गर्ने तालिममा सहभागि बाँसगढीकै अर्का संवाहक गोविन्द रानाले बताउनुभयो । विहिबार सञ्चालन गरिएको नेतृत्व विकास तथा अभियान सञ्चालन सम्बन्धि दुई दिने तालिमको सहजीकरण सहजकर्ता निरज न्यौपानेले गर्नु भएको थियो ।

अभियान सञ्चालनका लागि तालिममा सहभागि हुनु भएका परिवर्तनका १७ जना संवाहकहरुले यातायात खर्च वापत पाउनु भएको रकम मध्ये केही रकम जम्मा गरेर ३ हजार ५०५ रुपियाँ संकलन गर्नु भएको छ । सो रकम पनि छोरी शिक्षाका लागि खर्च गरिने तालिममा सहभागि रानाले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »