सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमसीसी विरुद्धमा नेपालगन्जको मुटु त्रिभुवन चौकमा बिरोध प्रदर्शन


मंसूर अली
नेपालगंज, बाँके नेपालगन्जको त्रिभुवन चौकमा अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन ९एमसीसी० विरुद्धमा आज प्रदर्शन भएको छ । हाम्रो नेपाल हामी नेपाली र नेपाल शिवशेनाको संयुक्तमा आयोजना गरेको एमसीसी खारेज गर भन्दै आज त्रिभुवन चौकमा विरोध प्रदर्शन गरेको हो ।


अमेरिकाले एमसीसी पास गर्न दबाब दिइरहेको र अहिले जनस्तरबाट एमसीसी पास नगराउन देशभर दबाब स्वरुप प्रदर्शनहरु भइरहेको बेला पनि सरकार मौन बसेका भन्दै अजा प्रर्दशन गरेको नेपाल शिवशेनाका केन्द्रिय अध्यक्ष राज कुमार रौनियारले बताउनुभयो ।


एमसीसी सम्झौता सदनबाट अनमोदन गर्न खोजिएको भन्दै काठमाडौंमा केही दिनयता निरन्तर प्रदर्शन भइरहेको छ । सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन् । नेपालगन्जको मुटु त्रिभुवन चौकमा हाम्रो नेपाल हामी नेपाली र नेपाल शिवशेनाको संयुक्त टिम जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् ।

उक्त कार्यक्रममा सभापतिमा शिभराज ढकाल , प्रमुख अतिथि राज कुमार रौनियार ,अतिथिमा किशो लामा , भिम बहादुर शाही, अभय बस्नेत, दिपक लोध, नरेश क्षेत्रि, प्रेम शाही, खिम कुशल राना, प्रेम राज आचर्य, दिल ब खड्का, बलराम शाही, मन्जु राना, रोम बलामी लगाएतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन ओम रानाले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »