सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनाइटेडको भिल्लरियलविरुद्ध पुनरागमन जित, रोनाल्डोको कीर्तिमान

युरोपेली च्याम्पियन्स लिग फुटबलमा भिल्लरियलविरुद्ध ईन्जुरी समयमा क्रिष्ट्रियानो रोनाल्डोले विजयी गोल गरेका छन् ।
९० प्लस ५ मिनेटमा निर्णायक गोल गर्दै रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई २–१ ले विजयी बनाएका हुन् । रोनाल्डोले यही खेलमार्फत च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको किर्तिमान एकलौटी बनाएका छन् ।

रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म १ सय ७८ खेल खेले । दोस्रो स्थानमा रहेका इकार कासियासले १ सय ७७ खेल खेलेको रेकर्ड छ ।

त्यस्तै, च्याम्पियन्स लिगमा ९० मिनेटपछि सर्वाधिक धेरै विजयी गोल गर्ने सर्जियो अगुइरोको किर्तिमान पनि रोनाल्डो बराबरी गरेका छन् । अगुइरो र रोनाल्डो दुबैले तीन खेलमा यसरी ९० मिनेटपछि निर्णायक गोल गरेर टोलीलाई जित दिलाएका छन् । खेलमा पहिले अग्रता भने भिल्लारियलले बनाएको थियो । ५३ मिनेटमा पाको अल्कासरले भिल्लरियलबाट सुरुवाती गोल गरेका थिए । त्यसको ७ मिनेटपछि एलेक्स टेल्लेसले युनाइटेडबाट बराबरी गोल फर्काए । र, इन्जुरी समयमा रोनाल्डोले विजयी गोल गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »