सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

च्याम्पियन्स लिगमा बार्सिलोनाको अर्को हार, बेनिफिकासँग ३-० ले पराजित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा पनि पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० गोलले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोनामाथि जित निकाल्न बेन्फिकाका ड्रोइन नुनेले दुई गोल गरे ।


 
त्यस्तै राफा सिल्भाले एक गोल गरे । खेलको तेस्रो मिनेटमा नुनेले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाए । ६९औं मिनेटमा सिल्भाले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे । 

७९औं मिनेटमा नुनेले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए । खेलको ८७औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । 

बार्सिलोनाका इरिक ग्रासियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । जितसँगै बेन्फिका समूहको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेल खेलेमा ४ अंक जोडेको छ । पराजित बार्सिलोना पुछारमा छ । 

भर्खरै

सम्बन्धित खबर

Language »