सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

च्याम्पियन्स लिगमा पीएसजीको आरबी क्लब लाइप्जिगमाथि पुनरागमन जित, मेस्सीको २ गोल

यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी क्लब लाइप्जिगमाथि जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लाइप्जिगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले दुई गोल गरे भने युवा फरवार्ड किलीयन एमबाप्पेले एक गोल थपे । लाइप्जिगको लागि आन्द्रे सिल्भाले र नोर्दिक मुकिएले समान एक-एक गोल गरे ।

खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । २८ औं मिनेटमा लाइप्जिगले गोल फर्कायो । एन्जेलिनोको क्रसमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ५७ औं मिनेटमा एन्जेलिनोकै क्रसमा नोर्दिक मुकिएलेले गोल गर्दै लाइप्जिगलाई २-१ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुनः बराबर गरे ।

७४ औं मिनेटमा मेस्सीले नै पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई ३-२ को अग्रता दिलाए । एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो । पीएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बापपेलाई दिए । एमबाप्पेले प्रहार गरेको उक्त पेनाल्टी आकासियो ।
यस जितसँगै ३ खेलमा ७ अंक जोड्दै पिएसजी अंक तालिकाको शीर्षस्थानमा छ । सिटीले ३ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा छ भने क्लब ब्रुगको ४ अंक छ । आरबी लाइप्जिग भने ३ खेलमा अंकविहिन छ ।

भर्खरै

सम्बन्धित खबर

Language »