सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भिटेनको नयाँ गीत ‘गल्ली सडक’ ट्रेन्डिङ-१ मा, गीतको भिडियो सहित हेर्नुहोस् ;

गायक समिर घिसिङ ‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ यतिबेला युट्युवको ट्रेन्डिङ एकमा पुगेको छ । एकसाता अघि मात्रै अपलोड गरिएको उक्त गीत युट्युवको ट्रेन्डिङ एकमा परेको हो । गीतमा उनले नेपाली राजनीतिक विसंगतिलाई व्यङ्ग्य गरिएको छ ।

उनको गीतमा प्रयोग गरिएको भाषा शैलीका कारण यस अघि उनी धेरै पटक विवादित बन्नुका साथै उनलाई गीतकै कारण प्रहरीले पक्राउ गर्दै आएको छ ।


यस पटकको गीतमा पनि उनले भाषा उस्तै प्रयोग गरेका छन् । गीतमा उनले र्‍याप मार्फत आफ्नो उकुसमुकुस र आक्रोश पोखेका छन् । समाजमा व्याप्त अस्थिर राजनीति, अपराध लगायतका विसंगति प्रति उनले कटाक्ष गरेका छन् । अघिल्लो पटक आफू पक्राउ पर्दाका अनुभवलाई समेत उनले यस गीतमा छताछुल्ल पोखेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »