सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हास्यकलाकार कुईसाङ रुम्बालाई जेठिला माया आम्लोङ ताजी

काठमाडौँ । तामाङ चलचित्र क्षेत्रको महानायक अमिर दोङको निर्देशनमा तामाङ म्यूजिक भिडियो जेठिला माया आम्लोङ ताजीको छायांकन सम्पन्न भएको छ । यो म्यूजिक भिडियोमा पत्रकार छेडुप दोङ तामाङ र हास्यकलाकार कुईसाङ रुम्बाको भुडी प्रतिस्पर्दालाई दर्शकले मज्जाले नियाल्न पाउने सारा खबरको दुरविनले पत्ता लगाएको छ ।

काठमाडौँको गोकर्णमा सुटिङ शुरु हुन लाग्दा क्यामरामा पत्रकार छेडुप दोङ तामाङ र हास्यकलाकार कुईसाङ रुम्बाको भुडीले स्थान नपाउने पक्का भएपछि महानायक अमिर दोङ तनावमा परेको थियो तर मोडल क्रेश्मा वाइवाले सुटिङ स्पोर्ट छोडेर जाने धम्की दिएपछि क्यामराले पत्रकार छेडुप दोङ तामाङ र हास्यकलाकार कुईसाङ रुम्बाको भुडीलाई स्थान दिने सहमती भएको दुरविनले सार्वजनिक गरेको हो ।

ङाला मोजे चाउ म्युजिक भिडियो सार्वजनिक भएपछि चौतफीरुपमा महानायक अमिर दोङको आलोचना हुन थालेको थियो । उक्त आलोचनालाई पुर्नका लागि पारिवारिक कथामा तयार पारेको जेठिला माया आम्लोङ ताजी म्युजिक भिडियोको छायांन गरेको हो । यो म्युजिक भिडियोबाट महानायक अमिर दोङले आरोपलाई चिर्ने प्रयास गरेको छ ।

विर बहादुर तामाङ गोङ्बोले जेठिला माया आम्लोङ ताजी गीत ठट्यौली जुहारीको रुपमा रचना गरेको थियो । महानायक अमिर दोङले पत्रकार छेडुप दोङ तामाङ र हास्यकलाकार कुईसाङ रुम्बालाई हास्य पात्रको रुपमा उभाएर झनै ठट्यौली म्यूजिक भिडियोकोरुपमा सार्वजनिक गर्न लागेको दुरविनको दाबी छ ।

गीतकार तथा संगीतकार रिजन थिङ हुन् र गायिक जितु लोप्चानको स्वरले दर्शकलाई थप रोमाञ्चक बनाउने छन् ।

अहिले यस गीतको भिडियो छायाङ्कन पश्चात सम्पादन र पोस्ट प्रोडक्सनको काम धमाधम भइरहेको बताएका छन् । भिडियोमा कोरियोग्राफर हेरुका लामा बलको रहेको छ भने भिडियो छायाङ्कन तथा ड्रोन अपरेटरको भूमिकामा भने त्रिलोक लामा रहेको छ ।

भिडियोको मुख्य भूमिकामा अमिर दोङ र अम्बालिका तमाङलाई देख्न सकिनेछ । अतिथी कलाकारहरुमा हांस्या कलाकार कुइसाङ रुम्बा, लुक्सी तमाङ, नायिका तथा मोडल क्रिश्मा वाइबा र छेडुप दोङलाई देख्न सकिनेछन् ।

गायक तथा संगीतकार रिजन थिङ यस अघि आङिला जामे, म्हाबर ल्हा, तिगा ताबा धर्सेला छामे कोला, फा म्हाईसि म्योदामजिम, क्युङ्बा कालाङ्सि, म्हेन्दो धोसि टिउ ए माया, ति धिङ ङ्हि धिङ, सुन चुरा, ज्योन गाउले ल्होछार गीत, क्राचम थाइकट, लगायत तिन दर्जन भन्दा धेरै गीतहरु बजारमा अहिले पनि सुन्न सकिनेछ ।

भरखरै छायाङ्कन सम्पन्न भएको जेठिला माया आम्लोङ ताजी भिडोयो निर्माणका प्रोड्युसर भने बिर ब.तामाङ गोङ्बो र रिपु योन्जन रहेका छन । भिडियोको मेकअप आर्टिस्ट रेशम लामा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »