सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील व्यवसायीहरुको फुटबल महासंग्राम शुरु

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं ,पुर्वी क्षेत्रको आयोजनामा ग्रील तथा स्टील व्यवसायीहरुको फुटबल महासंग्राम आजबाट शुरु भएको छ ।
“दोस्रो ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता — २०८२” को नाम बाट शुरु भएको सो प्रतियोगिता कपन बालुवाखानी स्थित कपन स्पोर्टस्को फुटसल ग्राउण्डमा भई रहेको छ ।
प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेपछि सो प्रतियोगिता औपचारिक रुपमा शुरु भएको हो ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं ,पुर्वी क्षेत्रका अध्यक्ष बिष्णु कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम पुर्वी क्षेत्रका सचिव दिलराम श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, वरिष्ठ सल्लाहकार निरन्जन कुमार श्रेष्ठ,उद्यमी महिला समिति संयोजक बिष्णु माया उचही लगायत उपाध्यक्षहरु तथा पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा काठमाडौं जिल्लका अध्यक्ष सुनिलकुमार अमात्य तथा पदाधिकारीहरु र अन्य जिल्लाका अध्यक्षहरुको समेत आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा महासंघ देखि इकाई समिति सम्मको १० टिमको सहभागिता रहेको आयोजक समितिले जानकारी दिएको छ ।
कार्यक्रमको समापन भोलि हुने छ । प्रतियिोगिता मा प्रथमहुनेलाई चालिस हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र , दोस्रो हुनेलाई पच्चिसहजार नगद सहित ट्रफी तथा प्रमाणपत्र पुरस्कार रहेको पनि आयोजक समितिले जानकारी दिएको छ ।

कार्यक्रममा अतिथि,खेलाडी तथा आगन्तुकहरुलाई स्वागत गर्दै कार्यक्रमका सभापति ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं ,पुर्वी क्षेत्रका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले गत साल पहिलो पटक आयोजना गरिएको प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको स्मरण गराउँदै यो पटकको प्रतियोगिता पनि सान्दार रुपमा सम्पन्न हुने बिस्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमका सभापति श्रेष्ठले यो प्रतियोगिताले हार जित भन्दा पनि सबैले जित्ने र व्यवसायीहरुबिच भाईचाराको बिकासभई भावनात्मक एकता कायमहुने खालको वातावरण बनाउन प्रतियोगितामा सहभागि सबैलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा शुभकामना मनतव्य राख्दै उद्यमी महिला समिति संयोजक बिष्णु माया उचहीले ग्रलि तथा स्टील व्यवसायीहरुको भावनात्मक एकता कायमराख्न पुर्वी क्षेत्रले गरेको कार्यको प्रसंसा गर्दै कार्यक्रम भव्य सफलताको कामना गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले यो प्रतियोगिता भावनात्मक एकता र मनोरन्जनको लागि आयोजना गरिएको हुनाले सबैले अनुशासित भएर खेल्नुहुनेछ भन्ने बिस्वास लिएको बताउनु भयो ।
श्रेष्ठले परिवर्तनको संवाहक भनेको युवाहरुनै हो भन्दै ग्रील तथा स्टील व्यवसायी युवाहरुले आयोजना गरेको यस्ता कार्यक्रमहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »