नेपालगन्ज , दक्षिण एसियाली आर्थिक सहकार्यको नेतृत्व अब लखनऊका युवा उद्योगीको काँधमा लखनऊ, भारत — दक्षिण एसियाका आठ राष्ट्रहरू (भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तान) का उद्योग, वाणिज्य र व्यवसाय क्षेत्रको साझा संगठन दक्षिण एसियाली वाणिज्य तथा उद्योग महासंघ (South Asian Chamber of Commerce and Industry – SACCI) को अध्यक्षमा लखनऊका प्रतिष्ठित युवा उद्योगी सर्वेश पाठक सर्वसम्मत रूपमा चयन भएका छन्।

पाठकको नेतृत्वमा क्षेत्रीय व्यापार, औद्योगिक समन्वय, युवा उद्यमशीलता, तथा अन्तर्देशीय लगानी प्रवर्द्धन लाई नयाँ उचाइमा पु-र्याउने विश्वास लिइएको छ।
शक्तिशाली नेतृत्वद्वारा समृद्धि तर्फको यात्रा अध्यक्षमा चयन भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाठकले भने: “दक्षिण एसियामा अपार सम्भावना छ — अब हाम्रो साझा प्रयासले रोजगारी सिर्जना, उद्यमशीलता विस्तार र अन्तरदेशीय आर्थिक सम्बन्धलाई नयाँ धार दिनेछ।” उनले नेपाललगायत सम्पूर्ण सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै उद्योग मेलाहरू, लगानी सम्मेलन, र द्विपक्षीय व्यापार समझदारी बढाउने प्रतिबद्धता पनि जनाएका छन्।
नेपालसँग विशेष सहकार्यको प्रतिबद्धता पाठकले विशेषगरी नेपालसँगको व्यापार तथा लगानी साझेदारीलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले SACCI मार्फत नेपाली युवा उद्यमी, उद्योग संघसंस्था र स्टार्टअपहरूसँग प्रत्यक्ष सहकार्य गर्ने संकेत पनि दिएका छन्।

नेपालका व्यवसायी, उद्योग संघसंस्था तथा युवा उद्यमीहरू माझ पाठकको अध्यक्षताले सकारात्मक ऊर्जा र विश्वास फैलाएको छ।








