सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुन–चाँदीमा विलासिता शुल्क हटाएर सीप प्रवर्द्धन शुल्क थप

काठमाडौं । सरकारले सुन तथा सुनका गहना अन्तिम उपभोक्तालाई बिक्रि गर्दा लगाएको विलासिता शुल्क हटाएको छ । त्यसको सट्टामा अब सीप प्रवर्द्धन शुल्क लगाइने भएको छ ।

व्यवसायीहरूले सुनमा विलासिता शुल्क हटाउन माग गर्दै आएका थिए । प्रारम्भमा सुनको विलासिता शुल्क लगाउने बेला तीन तहको शुल्क लाग्ने अवस्था थियो । अहिले पनि दुई प्रतिशत विलासिता शुल्क पाँच तारे र सो भनदा माथिका तारे होटेल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको बिक्रिमा लाग्दै आएको छ । आयातित तयारी मदिराको पैठारीमा भन्सार महसुल तथा अन्त:शुल्क सहितको मूल्यमा समेत यस्तो कर यथावत छ ।

उता सीप प्रवर्द्धन शूल्क भने सुन वा सुनका गरगहना वा वस्तु अन्तिम उपभोक्तालाई बिक्रि गर्दाको बिक्रि मूल्यमा ०.५ प्रतिशतका दरले लाग्ने भएको छ । साथै चाँदी वा चाँदीका गरगहना वा वस्तु अन्तिम उपभोक्तालाई बिक्रि गर्दाको बिक्रि मुल्यमा समेत लाग्ने गरी नयाँ प्रावधान ल्याइएको छ ।

यस्तो शुल्क संकलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गरी यस्तो विवरण सो महिनामा कारोबार गरेको वा नगरेको जे सुकै भए पनि सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्ने प्रावधान समेत आर्थिक विधेयकमा राखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »