सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तरकृया देखी स्ट्रीङ अप्रेसन सम्मको यात्रा

ठुलोबाबु श्रेष्ठ

प्रथम उपाध्यक्ष तथा अनुगमन समिती संयोजक

ग्रील तथा स्टील ब्यबसायी महासंघ

नेपालामात्र नभएर बिस्व लाईनै कोरोना भाईरस (कोभिड-१९)ले ठुलो प्रभाव पारे पछि बिकासका काम हरु तथा निर्माणजन्य काममा  पनि  निरासजनक अवस्था सिर्जना भयो ।  निर्माण पक्ष संग जोडिएका उत्पादन हरुको खपत मा कमि आयो । कोरोना कहरलाई बिस्तारै जित्दै आफ्नै लयमा फर्कन लागेको ब्यबसायलाई मारपर्ने गरी ग्रील तथा स्टील जन्य उत्पादनमा भारीमात्रामा मुल्य बृद्धि भयो । आम उपभोक्ता र ग्रील तथा स्टील ब्यबसायी माथि अन्याय भएको महसुस गरी  ग्रील तथा स्टील ब्यबसायी महासंघ केन्द्रीय कार्यलयको तर्फ बाट एक अधिकार संपन्न  अनुगमन टोलि गठन गरी मुल्य बृद्धिको संबन्धमा  ब्यबहारीक र  नितिगत रुपमा अध्ययन गर्दै हार्डवेयर देखि रोलिङमिल सम्म का ब्यबसायी र सम्बन्धित पक्षहरु बिच बृहद अन्तरकृया कार्यक्रम समेत भयो  ।

ग्रील तथा स्टील ब्यबसायी महासंघ अनुगमन समितीले आयोजना गरेको बिभिन्न अन्तरकृया कार्यक्रममा केहि महत्वपुर्ण नितिगत कुराहरु उठेका थिए । त्यसैलाई फलोअप गर्ने क्रममा  यो अनुगमन समिती स्ट्रीङ अप्रेसन सम्म आईपुग्न सफल  भएको  हो  ।

हार्डवेयर ब्यबसायी र रोलिङ मिल हरुले प्रस्तुत गरेका ब्यबहारीक र नितिगत बिचार हरुले अनुगमन समिती लाई आफ्नो  काम गर्न  केहि  सहज भयो । कच्चा पदार्थ आयत देखि प्रज्ञापन पत्र सम्म को मात्र को  कुरा उठेको छैन आम उपभोक्ता कसरी ठगीई रहेका छन् भन्ने पनि खोज गर्नु आवस्यकता महसुस गरी बजारमा अनुगमन गर्न थालिएको हो ।

हरेक उत्पादन को  मुल्य बृद्धि संग राज्य र ठुला उध्योगपती बिचमा केहि लेनदेन हुने सम्म कुरा जोडिएको बजारहल्ला लाई यथार्थपरक रुपमा बुझ्न यो अनुगमन समिती अहिलेपनि शुक्ष्म तरीकाबाट अध्ययन गरी रहेकै  छ ।

फलाम जन्य उत्पादनको बजारभाउ मा अन्तराष्ट्रीय स्तरमा हुने कच्चा तेल र डलरको भाउले कति प्रवाभपार्न सक्छ? के त्यसकै अनुपातमा नेपालमा मुल्य कायम भएको छ त । हरेक उत्पादन को मुल्य तोक्ने लागत स्टमेट आम सर्वसाधरण ले हेर्न र अनुगमन गर्न पाउने कि नपाउने ? प्रज्ञापन पत्र मा उल्लेख गरे भन्दा सयौं गुणा महंगो भाउमा बजारमा सामान बिक्री हुने गरेको आरोप को बारेमा ब्यबसायी हरुको  धारणा के  छ त?  यि यावत प्रश्न हरु अनुगमन समितीले  गरेका  अन्तरकृया कार्यक्रम मा उठेका थिए । यिनै प्रश्न हरुको जवाफ खोज्दै जाँदा बजार अनुगमन र स्ट्रीङ अप्रेसन सम्म  गर्नु  परेको  हो  ।

मुल्य बृद्धि को बिरोध कार्यक्रम देखि स्ट्रीङ अप्रेसन सम्मको स्थितिमा आईपुग्दा ग्रील तथा स्टील ब्यबसायी महासंघ  भित्रका  ग्रील तथा स्टील ब्यबसायमा लामो सामयदेखि  लागी रहेका  ब्यबसायी हरुको पनि  नाडी छाम्ने काम भएको  छ  । नाफामुलक ब्यबसाय गर्दै गर्दा आफ्नो सामाजिक उत्तरदायीत्व लाई पनि  पुरा गरी ब्यबसायीक हक हितको लागी एउटा बृहद छनो  को रुप मा  स्थापित भएको ग्रील तथा स्टील ब्यबसायी महासंघ  को शाखलाई अझ उँचो बनाउन हामि  ब्यबसायीहरुले  खवरदारी र  रचनात्माक सल्लाह सुझाव दिनुपर्ने बेलामा  बिरोध या समर्थन गर्दा आफ्नो ब्यबसायमा असरपर्ने सोचेर मौन बस्नु या ब्यक्तीगत र  प्राबिधिक कुरामा मात्र अल्झनु ले हामि आफ्नै अधिकार त  गुमाई रहेका  छैनौ?

बिषेस गरी उपभोक्ता र  ब्यबसायी हरु ठगीने भनेको  सामाग्री को स्तर र  परीणाम बाटनै  हो भन्ने प्रष्ट भएपछि हामि फिल्डमै गएर कार्वाहि प्रकृया अगाडी बढाउन बाध्य भएका हौं।

यस्ता बिषय हरुमा आम उपभोक्ता र ब्यबसायीहरु सजगहुनु जरुरी छ । आफुले किन्दै गरेको सामाग्री कुन स्तरको  हो ,कुन  ब्राण्डको हो ,कति तौल हुनुपर्ने  हो ,त्यसका मापदण्ड हरु  के के  हुन्छन्? किन्दै गरेको  पसल वा ब्यबसाय आधिकारीक रुपमा  दर्ता वाला होकि होईन? बिलिङ सिस्टम केहो? जस्ता बिषयमा प्रस्ट भएर मात्र सामाग्री किनबेच गर्न  सके बजारमा  हुने  सानातिना जटीलता संग समय खेर फालि रहनु  पर्दैन  ।

ग्रील तथा  स्टील जन्य काम अत्यन्तै जोखोमपुर्ण  काम हो यसमा काम गर्ने हेल्पर ,मिस्त्री देखि  काम लगाउने ठेकदार ,ग्रील ब्यबसायी  र  घरधनि सम्म  जोखिममा हुन्छन्  तैपनि जोखिम ब्यबस्थापन मा  अझै ध्यान दिन सकिएको  छैन  कि  भन्ने महसुश भएको छ  ।

अनुगमन समितीले बजार अनुगमन संगै ग्रील तथा स्टील ब्यबसायी हरुको पनि  स्वास्थ्य र  सुरक्षा संबन्धि मापदण्ड पुरा भए  नभएको अनुगमन गर्नुपर्ने अवस्था महशुस गरीरहेको छ। यो सानो अनुगमन समिती ले मात्रै यि सबै काम गर्न  सम्भव थिएन र  छैन  पनि त्यसैले हिजो को  दिन  मा अनुगमन समितीलाई जसरी हृदय देखि मायाँगरेर कार्य सफलबनाउन साथ र  सहयोग गर्नु  भएको  छ  आगामिदिनमा  पनि यसैगरी संबन्ध हरु बढाईराख्न सके आम उपभोक्ता र ब्यबसायी हरुको हक हितको लागी उल्लेख्य कार्यगर्न हामि सफल हुने छौं। यसमा  हाम्रा ग्राहक र  आम उपभोक्ताको  पनि चासो रहनु  उत्तिकै महत्व छ  ।

भर्खरै

सम्बन्धित खबर

Language »