सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना विरुद्ध भारतसँग मिलेर लडने ओलीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच शनिबारटेलिफोन वार्ता भएकाे छ।

वार्तामा प्रम ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको शुभकामना तथा नेपाल सरकार र जनताका तर्फबाट र आफ्नै तर्फबाट प्रधानमन्त्री मोदी, भारत सरकार र जनतालाई हार्दिक बधाई दिनुभएको हो।

प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा गर्नुभएको सम्बोधन औंल्याउँदै प्रधानमन्त्री मादीले छिमेकीलाई पहिलो प्राथमिकताको दिने विषयलाई प्रतिवद्धता दोहोर्याउनु भएकोमा त्यसकाे प्रशंसा गर्नु भएकाे परराष्ट मन्त्रालयले जनाएकाे छ ।

दुई प्रधानमन्त्रीले कोभिड–१९ विरूद्धको लडाईमा भएका पछिल्ला प्रयासहरूको बारेमा अनुभव आदानप्रदान गर्नुभयो । कोभिड नियन्त्रणका लागि यस क्षेत्रमा मिलेर काम गर्न नेपाल र भारतका प्रधानमन्त्रीले सहमति जनाउनु भएको छ ।साथै अलिले नेपालले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गरेको समेत वार्तामा स्पष्ट पार्नुभएको थियाे ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई भारतले संयुक्त राष्ट्र संयुक्त संघीय सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनमा जीत हासिल गरेकामा लागि बधाई दिनुभयो । साथै यो महत्वपूर्ण जिम्मेवारीको सफल निर्वाहका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »