सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

च्याम्पियन्स लिगका खेलहरु पुनः सुचारु, रियल र सिटी भिड्दै, युभेन्टसको पनि खेल आजै

विश्वभर फैलिरहेको कोभिड १९ कोरोना भाइरसका कारण गत मार्चबाट स्थगित भएका यस सिजन अन्तर्गत च्याम्पियन्स लिगका बाँकी खेलहरू आजबाट सुरु हुँदैछ ।

अन्तिम सोह्रका बाँकी खेलहरू खेल्ने क्रममा आज एक खेलमा इङ्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रीड आमुन्ने सामुन्ने हुँदा अर्को खेल इटालियन क्लब युभेन्ट्स् र फेन्च क्लब लियोन बीच हुँदैछन् । दुबै खेल नेपाली समय अनुसार राति १२:४५ बजे बाट सुरु हुँदैछ ।

आज सिटीको घरेलुु मैदान इतिहादमा रियल अघिल्लो खेलको नतिजा उल्टाएर अन्तिम आठमा प्रवेश गर्ने दाउमा हुनेछ । अघिल्लो खेलमा सिटीले रियललाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको थियो । त्यसैले सिटीलाई आजको खेलमा बराबरी नतिजा नै अन्तिम आठमा प्रवेश गर्न पर्याप्त हुन्छ ।

आज हुने अर्को खेल युभेन्टसको घरेलु मैदानमा घरेलुु टोली दबाबमा हुनेछ । यस अघि पहिलो खेलमा युभेन्टस अवे मैदानमा लियोनसँग १-० गोलले पराजित भएको थियो । यस खेलमा युभेन्टसका फरवार्डद्वय क्रीस्टियानो रोनाल्डो गोल गर्नुपर्ने दबाबमा हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »