सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नयाँ युटुब च्यानलबाट सार्वजनिक भएकाे कारणले भने जस्ताे चर्चा पाउन सकेनः कसम

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ९ चोपटारमा जन्मेको नव गायक विहिन दोङको नयाँ गीत “कसम” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक विहिन दोङको आवाजमा रहेको गीतहरु यो भन्दा अगाडी पनि सार्वजनिक भैइसकेको छ । एक पछि अर्को गीतहरु रेकर्ड गर्न सफल विहिन दोेङ तामाङ समुदायमा सम्भावना बोकेको गायक हो ।

सुरिलो आवाजमा सबैको ध्यान तान्न सफल गायक विहिन दोङको नयाँ गीत “कसम”ले बजारमा सफलता पाउनेमा गायक दोङ ढुक्क छन् तर नयाँ युटुब च्यानलबाट यो गीत सार्वजनिक भएको कारणले भने जस्तो दर्शकहरुको हातसम्म पुग्न नसकेको हो कि भन्ने अनुमान लाउन सकिन्छ ।

विहिन लामा दोङ अफिसियल युटुब च्यानलबाट यो गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा गायकहरुले आफ्ने युटुव च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गर्ने परम्परा चलेको छ । यसलाई पनि त्यसैको प्रभाव हो भन्दा फरक नपर्ला तर म्यूजिक भिडियो राम्रो निर्माण भएको छ ।

उक्त माया प्रेमसंग सम्बन्धित गीतमा चर्चित मोडल निरञ्जली लामा र नव मोडल कृष्ण थिङले भुमिका निर्वाह गरेका छन् ।

शब्द केशव घ्लानको रहेको गीतमा गायक विहिन दोङको संगीत रहेको छ भने विहिन दोङ र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाजमा सजिएको छ। एरेञ्ज, मिक्सिङ वाङज्यु फ्युवा तामाङको रहेको छ ।भिडियो निर्देशन र इडिट युवा निर्देशक विवेक लामाले गरेको हो।भन्ने ड्रोन बज्र लामाले उडाएको थिए।

यस म्युजिक भिडियो गायक विहिन दोङको अफिसियल यु्ट्युव च्यानलबाट बजारमा ल्याएको छ।
भिडियो हेर्नुस् ।

भर्खरै

सम्बन्धित खबर

Language »