सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्ख,हेरको अवस्थाले अन्यौल र द्वन्द बढाउदै

-शम्भु उप्रेती

देशमा यती खेर आम जीज्ञासु हरुमा एम सि सि को बिषयले जीज्ञासा र कौतहलता जगाएको अबस्था छ ।

राजनैतिक बृतमा चर्को बहस र मत मतान्तर को अबस्था सृजना हुदैछ । सर्बसाधरण नागरिक हरु समेत अन्यौल मा छन भने राजनैतिमा दखल राखिने वरीष्ठ नेताहरु बिच बुझेर, नबुझेर,भ्रममा परेर, आधा बुझेर या बुझपचाएर या आफ्नो अडानलाई जारी राख्ने मनसायले पनि टस मस नभएको अबस्था देखियो । स्वयम दाता देशकी उपाध्यक्ष को नेपालका राजनैतिक दलका प्रमुख नेता हरु संगको भेटघाट र आसंकित जीज्ञासा हरु र नेपाल सरकारबाट अस्पस्ट बुदा हरु को जबाफ समेत आईसकेको अबस्थामा समेत यो बिषयले टुगो पाउन नसकेको प्रतिक हुन्छ ।

बरु अब नेपाल मा कसैको सहयोग नचाहीने, स्वाभिमानी बन्ने सुझाव जस्ता हावादारी गफहरु समेत देखीन्छ । तर बास्तबमा यी सबै आउटडेटेट, अप्रासंगिक, अब्यबहारीक र मुलुकको समृद्धि मा बाधा पर्ने कुराहरु हुन भन्नुमा अत्युक्ति नहोला ! यस बिषयमा धम्की र त्रासदी पूर्ण अभीब्यक्ती हरु आंउनु पछाड़ी को कारक रहस्यमय हो । आजको संसार का देश हरु भूगोलको दृष्टिकोण बाट भलै बिभीजीत छन, सिमा छुट्याईएको यो याहा सम्म भनेर बिभाजीत छन तर मानिस हरुको सोच क्षमता खुबी र बैज्ञानिक उपलब्धी, अबिश्कार, कला र असाधारण क्षमताको कारण जुन सुकै देशको मानिस लाई जही क्ही सम्मान र लाखौ लाखका आदर्श पात्र बनेको, अनुसरण गरिएको समय हो । यस्तो हुनु ग्लोबलाइज़ेशन को मर्म स्वीकार गरीएको अबस्था हो । मुलुकको बिकास पहीलो शर्त : नेपाली का संन्तान हरु गुजारा चलाउन बिदेसिन बाध्य बनि मजदुर र तल्लों स्तरको घरेलु कामदारको रुपमा रुपान्तरित हुनेको संख्या बड्दै छ । रोजगारी को नाममा खाडी र अन्य कैयो मुलुक हरुको घरायसी काम गर्न हाम्रो ईमानदारी र लगनशीलता र परीस्रमी स्वभाबको कारक बन्दैछ । यी सबै गुण हरु बिधमान रहेर पनि हाम्रो ठुलो संख्या अदक्ष स्रमिकको रुपमा दैनिक बाहीरिनु को बाध्यता बनिसकेको अबस्था प्रति गम्भीर बन्न र स्वदेशमा रोजगारी खुलाउन नभई नहुने पूर्बाधारको निर्माण बैदेशिक सहायता महत्वपूर्ण भूमिका बन्न सक्ने प्रति उगदासिनता, बुझपचाउनु र बिषयको गम्भीरता लाई बिषयान्तर गरिरहने र सरकारको जीम्ब्बार तहको केही वरीष्ठ नेताहरु पर्ख र हेर को अबस्थामा रहनु काहा सम्मको जायज होला ?

के यो देशको संसद यस्तो जटील बिबादीत बनिसकेको बिषय लाई प्रजातांत्रिक पद्धति बाट टुगो लगाउन सक्षम छैन? बिभीन्न महत्वपूर्ण बिषय लाई सम्बोधन गर्न खडागरीअको बिज्ञ समुह तलब भत्ता हसुर्न र जस्को बलबाट भर्ना हुन सफल भयो उस्को ईसारा मा बेल्न र तर्क दिन राखिएको हो ? जनमानस बाट उठाईएका बिबादीत बिषय हरुको पछील्लो अपडेट किन औपचारिक रुपमा सार्वजनिक गरिन्न ? यो बिषय लाई गम्मिरता पुर्बक सोच्ने र टुगो लगाउने जीम्मा आख़िर सरकार को नेतृत्व गर्ने हरुको नैतिकता भीत्र पर्दछ । सचेत नागरिक को चाहाना र माग लाई समय मै सम्बोधन होस ।यता संचार कर्मि हरु बाट सही सत्य तथ्य बुदा हरु सप्रमाण बाहीर ल्याई चालु गम्मिर मतभेद लाई समयमै निराकरण गरिनु पर्ने देखियो।

आखीर हामि लोकतंत्र को मर्म र बहुदलिय प्रजातांत्रिक पद्धति अपनाईएको मुलुकको नाताले जनसरोकार, भीन्न अभीब्यक्ती र दृष्टिकोण लाई सम्मान गर्दै बास्तबमा सही तथ्यको आधारमा टुगेमा पुग्नु र एउटै बिषय लाई गिजली कुटनैतिक मर्यादा को धज्जी उडाईनु कदापी मुलुकको हितमा छैन हामिमा चेतना भए !

भर्खरै

सम्बन्धित खबर

Language »