सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रताप लामाको अध्यक्षतमा नेकपा (एमाले)को काभ्रेमा भातृसंगठन यूवा संघ नेपाल गठन

काठमाडौँ । प्रताप लामाको अध्यक्षतमा नेकपा (एमाले)को भातृसंगठन यूवा संघ नेपाल, काभ्रेमा ५५ सदस्यी जिल्ला कमिटी गठन गरेको छ । बनेपामा चैत्र १८ गतेको विशेष भेलाले यूवा संघ गठन गरेको सार्वजनिक गरेको थियो ।

युवा संघ नेपालको विधान अनुसार कमिटीलाई समावेशी बनाइएको संघका केन्द्रीय सचिव भेषराज शाहले बताएका छन् ।

भेलाले उपाध्यक्षमा सिवराम दाहाल–पाँचखाल, सचिवमा जयराम के।सी–पनौती, कोषाध्यक्षमा मनोज थापा–बनेपा, सह–सचिवमा पुजन सापकोटा–मण्डनदेउपुर, महिला विभाग प्रमुखमा मन्जु थापा–बनेपा, सदस्यहरुमा गुप्त तामाङ बेथानचोक, जलजला श्रेष्ठ पाँचखाल, मन्दिरा तिमल्सिना पाँचखाल, ईन्दिरा के।सी।बनेपा, सजल हुमागाई पनौती, सन्तोष राउत पनौती, सुनिल घर्तिमगर बनेपा, विक्रम श्रेष्ठ पनौती, प्रज्वल बजगाई पनौती, सुधिर खड्का पनौती, भरत पोखरेल धुलिखेल, प्रल्हाद न्यौपाने धुलिखेल, आदर्श न्यौपाने धुलिखेल, श्याम वि।क। धुलिखेल, संगीता भारती थापा पनौती, कमला श्रेष्ठ पनौती, गुरुराज बञ्जारा पनौती, आषिक तामाङ पनौती, राजाराम सापकोटा पनौती, सुदन गौतम पाँचाखाल, मंगल तामाङ पाँचखाल, पार्वती लामा नमोबुद्ध, विक्रम तामाङ नमोबुद्ध, पेमाछिरिङ लामा नमोबुद्ध, विश्व लामा नमोबुद्ध, सुरेश वाईबा मण्डनदेउपुर, मनोज गौतम मण्डनदेउपुर, हरि तिमल्सिना मण्डनदेउपुर, प्रताप तामाङभुम्लु, दिलिप श्रेष्ठ भुम्लु, सुवास कुँवर भुम्लु, उपेन्द्र महत भुम्लु, राजु लामा भुम्लु, आषिश गौतम चौँरीदेउराली, न्तोष गौतम चौँरीदेउराली, रुपक तामाङ तेमाल रामचन्द्र खरेल तेमाल, बुद्ध लामा तेमाल, सुवास शाह रोशी, सुनिल तामाङ रोशी, प्रेमलाल तामाङ रोशी, मिलन आले महाभारत, निरबहादुर जिम्बा महाभारत, पूर्णबहादुर लामा महाभारत, प्रकाश दर्लामी महाभारत, होमबहादुर तुम्सिङ महाभारत, लक्ष्मी प्रधान खानीखोला, रमेश बुढाथोकी रहेका छन् ।

काभ्रे जिल्लामा नेकपा (एमाले) फुटको लक्षण भातृ सगठन यूवा संघ नेपाल गठनको सार्वजनिक भएपछि प्रष्टरुपमा देखिन थालेको छ । प्रताप लामाको अध्यक्षतमा गठन गरेको यूवा संघ नेपाल माधव नेपाल र झलनाथ प्यानल समर्थक टिम हो ।


नेकपा (एमाले) र माओवादी एकता हुँदा राष्ट्रिय यूवा संघ भनेर गठन गरेको थियो । तर सवौच्च अदालतको फैसलाले पार्टी एकतामा समस्या आएपछि नेकपा (एमाले)मा पनि दुई धारको राजनीति शुरु भएको छ । त्यसैको आधारमा नेकपा (एमाले) को यूवा संघ नेपाललाई ब्युत्ताएर नेता माधव नेपाल र झलनाथ खनाल समर्थकले संगठन विस्तार गरेको थियो । त्यही आधारमा काभ्रेमा पनि यूवा संघ नेपालको गतिविधिलाई तिब्र रुमा विस्तार गरेको र आधिकारी संठन भएकोले पार्टी गतिविधिलाई विस्तार गरेको यूवा संघ नेपालको केन्द्रिय सदस्य समिप त्रिपाट्ठीले सारा खबरलाई जानकारी दिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »