सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फुलह्याम् पुनः प्रिमियर लिगमा बढुवा

मंगलबार राती भएको च्याम्पियनसीप प्ले अफ अन्तर्गत फाइनल खेलमा फुलह्यामले ब्रेन्ट्फोर्ड्लाई पराजित गरेको छ । टोटोन्ह्यामको नयाँ बेम्बली स्टेडियममा भएको सो खेल फुल्ह्यामले २-१ गोलान्तरले जित्दै, फुल्ह्याम् प्रीमियर लिगमा बढुवा भएको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यस्तै दोस्रो हाफमा पनि दुवै टोली गोलविहीन बन्दा खेल अतिरिक्त समयमा लम्बियो । अतिरिक्त समयको १०५ औं मिनेटमा ब्रायनले सुन्दर फ्री किक् गोल गर्दै फुल्ह्यामलाई अग्रता दिलाए । ११७ औं मिनेटमा एलेक्सन्डरको पासमा ब्रायनले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै जित पक्का गरे । खेलको अन्तिम समय हेनरिक डाल्सगडले ब्रेन्ट्फोर्डका लागि सान्त्वना गोल गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »